१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुंगा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिसङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएका बेला बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । उनले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार