५० हजार घुससहित सब–इन्जिनियर श्रेष्ठ


लहान (सिरहा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सब–इन्जिनियर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित गोलबजारकै एक होटलबाट सब–इन्जिनियर श्रेष्ठलाई अख्तियार टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सब–इन्जिनियर श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सब–इन्जिनियर श्रेष्ठलाई आवश्यक कारबाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार