सम्पादकीय

सबै
  प्रिय पाठक वृन्द, प्रत्येक नागरिकले सूचनाको जानकारी लिन पाउने व्यवस्था संविधानमै उल्लेख छ । समाजमा हुने हरेक गतिविधिबारे जानकारी राख्नैपर्छ । मुलुकमा चरम भ्रष्टाचार, घुसखोरी, कालोबजारी र अनियमितता बढेको छ । मुलुकमा तीन तहको सरकार छ । तीनै सरकारको दूरदर्शिता, स्वच्छ छवि र दूरगामी सोच नभएकै कारण समाज दिनदिनै पिछडिनुपरेको छ । उनीहरूले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको हितका लागि कहिल्यै सोचेनन् । यी र यस्तै विविध कारण समाजको विकास हुन सकेन । मुलुक र समाजलाई परिवर्तन गर्न, विकसित र सभ्य समाज निर्माण गर्न हामी इमानदार, सचेत नागरिकले आ–आफ्नो ठाउँमा उभिएर बेथितिबारे खबरदारी गर्न जरुरी छ। समाजमा हुने अनेकौं बेथितिबारे बुलन्द आवाज उठाउने, खबरदारी गरिरहने र वास्तविक तथ्यसँग आधारित रहेर प्रत्येक नागरिकलाई सूचना प्रवाह गर्ने अभिप्रायसहित हामीले तपाईंमाझ हलेसीपाटी डटक...